दफा १७
बोर्डको कोष
: (१) बोर्डको आफ्नो एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त अनुदान तथा अन्य रकम ।
(ख) विदेशी सरकार वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त सहयोग, अनुदान वा ऋण ।
(ग) स्वदेशी तथा विदेशी संघ संस्था वा व्यक्तिबाट प्राप्त दान दातव्य वा उपहार ।
(घ) पर्यटन व्यवसायमा संलग्न रहेका संघ, संस्था वा व्यक्तिबाट प्राप्त सहयोग अनुदान वा उपहार ।
(ङ) पर्यटक तथा पर्यटन व्यवसायीहरूलाई पर्यटनसंग सम्बन्धित विषयहरूका सम्बन्धमा प्रदान गरेको सेवा तथा परामर्श वापत प्राप्त गरेको सेवा शुल्क ।
(च) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ, संस्था वा विदेशी संघ, संस्था वा व्यक्तिबाट कुनै पनि किसिमको सहयोग, अनुदान, ऋण, दान, दातव्य वा उपहार लिनु अगावै बोर्डले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(४) बोर्डको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकमबाट व्यहोरिनेछ ।
(५) बोर्डको कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।